बाँफिकोटमा जिप खस्दा ५ को मृत्यु, १० जना घाइते

सुर्खेत । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा हुँदा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट-८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका-८ तोरीधारा जिप दुर्घटना परेको हो ।

घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *