प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले प्रहरीलाई विवादमा तान्नु निन्दनीय कार्य भएको बताएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक आईजीपी बसन्त कुँवरलाई विवादमा तान्नु निन्दनीय भएको उस्को भनाइ छ ।

बुधबार विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले यस्तो बताएको हो ।

प्रहरी प्रवक्ता कुबेर कडायतले विज्ञप्तिमा भनेका छन्, ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ ।’

विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =