विश्वकप छनौटमा नेपाल र टेस्ट राष्ट्र जिम्बावेबीच उद्घाटन खेल हुने

आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ। आइसीसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्नेछ।

उद्घाटन खेल असार ३ गते हुने भएको छ। उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपाल भिड्ने भएका छन्। उद्घाटनको दिन दुई खेल रहेको छ ।

नेपालले दोस्रो खेलमा असार ५ गते अमेरिकासँग र तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ गते खेल्ने तालिका रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्याण्डससँग खेल्नेछ ।

जिम्बावेविरुद्ध असार ३ गते हुने खेल टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल पनि हुनेछ। विश्वकप छनौटमा दश राष्ट्रको सहभागीता रहने छ। सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, , नेदरल्यान्ड्स र अमेरिका रहेका छन्। समूह बी मा श्रीलंका,आयरल्यान्ड,स्कटल्याण्ड,ओमान र युएई रहेका छन्।

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन्। आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *