विश्वकप छनोटमा वेस्ट इन्डिज र जिम्बाबे रहेकै समूहमा नेपाल


काठमाडौं । आगामी महिना जिम्बावेमा हुने आइसीसी विश्वकप छनोटको समूह विभाजन भएको छ।
आइसीसीले सोमबार सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको हो।
समूह विभाजन अनुसार समूह ए मा नेपालसहित वेस्ट इन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका रहेका छन्। समूह बी मा ओमान, आयरल्यान्ड, श्रीलंका, स्कटल्याण्ड र युएई छन्।
समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन्। समूह चरणबाट आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन्।
सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।
सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधै विश्वकपका लागि छनोट भईसकेका छन्।
