लक्ष्मी र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता सम्पन्न

काठमाडौँ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहेछन् ।

बैंक गाभिएपछि बन्ने सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।

उक्त सम्झौता पत्र दुवै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् ।

दुवै बैंकले सम्पूर्ण प्रक्रियाहरू टुङ्ग्याइ आगामी असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *