महोत्तरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम । महोत्तरीको एकडारा गाउँपालिका ४ हल्खोरी बजारबाट एक भारतीय यूवक पेस्तोल, म्याग्जिन र गोलीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्लामा पर्ने पटढौरा पंचायत ६ का २६ वर्षीय पप्पु यादव रहेका छन् ।

बिआर ३० वाई ९१४२ नम्वरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई चेकजांच गर्दा हतियार बरामद भएको थियो ।

होममेड इन्डियन लेखिएको पेस्तोल, म्याग्जिन र ५ राउण्ड गोली बरामद भएपछि उनलाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *