युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले सगरमाथा चढेर बनाए विश्व कीर्तिमान

काठमाडौँ । युद्धमा दुवै खुट्टा गुमाएका हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । तालिबानसँगको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिस गोर्खा सैनिक बुढामगरले सगरमाथाको सफल आरोहण गरेसँगै विश्व कीर्तिमान कायम भएको हो ।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले शुक्रबार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन् । उनी सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ घुँडामाथि दुवै अंगविच्छेद भएका व्यक्तिको विश्व कीर्तिमान राख्न सफल भए । उनको यो सफलता सिङ्गो अपाङ्गता भएको क्षेत्रका लागि ठूलो उत्साह हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *