धेरै बिमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम ठिक भएन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बिमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम ठिक नभएको बताएका छन् । सोमबार बिमा कम्पनीको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले धेरै बिमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम गलत भएको बताए । उनले प्राधिकरणको अगुवाइमा बिमा कम्पनीहरू मर्जरमा जानु आवश्यक भएको उल्लेख गरे । मन्त्री महतले बिमा क्षेत्र प्रतिस्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको बताए । धेरै बिमा कम्पनीहरूलाई लाइसेन्स वितरण गरिएको भन्दै उनले अब कोर्स करेक्सन जरुरी रहेको बताए ।

उनले बिमामा धेरै क्षेत्रलाई समेट्न जरुरी रहेको बताउँदै, नियामक निकायले व्यावसायिक हैसियत देखाउन जरुरी रहेको बताए । देशको आर्थिक अवस्थालाई मध्यनजर गरी बिमा कम्पनीहरू दर्ता गर्न जरुरी रहेको उनको भनाई छ । अर्थमन्त्री डा. महतले सरकारले बिमालाई उच्च प्राथमिकता दिएको र स्वास्थ्य बिमाको समानान्तर चलिरहेको उल्लेख गर्दै यसलाई कसरी एउटै छाताभित्र ल्याउने भन्ने चुनौती रहेको बताए । उनले सामाजिक सुरक्षाका दायित्वलाई कसरी  वहन गर्ने भन्नेबारेमा सरकारले बिमाबाट नै सामाजिक सुरक्षा कसरी जोड्ने भन्नेबारेमा खोजिएको विषयवस्तु रहेको बताए । सम्पूर्ण वित्तीय क्षेत्रमा सुधारको आवश्यकता रहेको उनले उल्लेख गरे ।

अर्थमन्त्री डा. महतले राजनीतिक स्तरबाट नियामककारी निकायहरूमा हस्तक्षेप गर्ने प्रवृत्तिका कारण पनि कतिपय व्यावसायिकतामा ह्रास आइरहेको उल्लेख गरेका छन् । उनले अर्थ मन्त्रालय र मन्त्रालयसँग जोडिएका संरचनाहरू हस्तक्षेपकारी भूमिकाबाट चल्न नसके उल्लेख्य प्रगति हुन नसक्ने बताए । सुरक्षाको जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गर्न बिमा कम्पनीहरूले समस्यामुक्त भई काम गर्न जरुरी रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *