चट्याङले एकाघरका चार जना घाइते

दैलेख । हावाहुरीसहित परेको चट्याङ लागेर दैलेखमा एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार राती चट्याङ लागेर जिल्लाको डुङगेश्वर गाउँपालिका-२ लाकुरी खाम्ने स्थित प्रवीण विकको घरमा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घाइते हुनेमा २१ वर्षीय पारस विक, १६ वर्षीय हेमा विक, १७ वर्षीय पूर्णा विक र २० वर्षीय पुष्पा विक रहेको छन् । उनीहरू सबै एउटै परिवारका हुन् । घाइतेहरूको हाल जिल्ला अस्पताल कार्यालय दैलेखमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *