पेपर क्लिपकाे आयोजनामा ‘अफरोड नेपाल’ इभेन्ट हुँदै

काठमाडौँ । ‘बाइर्कस कल्ट नेपाल’ र ‘पेपर क्लिप’ को आयोजनामा ‘अफरोड नेपाल’ इभेन्ट आयोजना गरिने भएको छ । ‘राइड’ गर्न मन पराउनेहरूले जेठ १९ र २० गते अफरोडमा राइड गर्न पाउने कम्पनीले जनाएको छ ।

नेपालको अफरोड पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो भन्ने प्रमाणित गर्न यस्तो इभेन्ट आयोजना गर्न लागेको पेपर क्लिपले जनाएकाे छ । इभेन्टले अफरोड क्षेत्रको संस्कृति, चालचालनबारे बुझ्ने र अफरोड लाइफको मज्जा लिने उद्देश्य राखेको जनाएकाे छ ।

इभेन्टमा १० भन्दा बढी अफरोडमा चल्ने गाडी, ४ भन्दा बढी अफरोडमा चलाउने मोटरसाइकलको व्यवस्था हुनेछ । सय जनासम्म इच्छुक व्यक्तिलाई समेट्ने इभेन्टको लक्ष्य छ ।

अफरोड इभेन्ट नेपाल पर्यटन बोर्ड देखि सुरु भएर कलङ्की, गर्जुधारा, चित्लाङ र मार्खुसम्म हुनेछ । कम्पनीले इभेन्टमा सहभागी हुन टिकट खरिद गर्नुपर्ने व्यवस्था गरेको छ ।

आफ्नै सवारीसाधान नहुँदा पनि अफरोडको मज्जा लिन चाहनेलाई राम्रो अवसर रहेकोसमेत पेपर क्लिपले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *