हुम्ला ७१औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

सुर्खेत । हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शनिवार एक कार्यक्रमबीच ७१औँ जिल्लाका रूपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । हुम्लाका ७ स्थानीय तहका ४४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेम सिंहले जानकारी दिए ।

यसअघि जिल्लाका ७ वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । ७ वटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *