पिएसजीको जीतमा एम्बाप्पेको दुई गोल

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ । एसी एजासियोलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधी जीतको सम्भावना बलियो बनाएको हो ।

जसमा एक गोल उपहारमा पाएको थियो । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औं मिनेटमा पिएसजीका फावियन रुइजले गोल गरे पछि खेलले अग्रता लिन सुरु गरेको थियो । र, त्यसको १० मिने पछि अर्थात ३३औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारे । र, खेल पहिलो हाफमा २-० को अवस्थामा रहन पुग्यो ।

तर, दोस्रो हाफको सुरुवाती अर्थात ४७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ३-० को अग्रतासहित फराकिलो अन्तर बनायो । र, उनै एम्बाप्पेले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीको अग्रतालाइ ४-० मा पुरयाईदिए ।

एजासियोको बिडम्बना नै भनौं, ७३औं मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५-० ले अघि बढ्यो । र, दुबैतर्पफवाट कुनै गाेल हुन नसके पछि अन्ततः खेल ५-० मा टुंगियाे ।

रोचक त भे के भने खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो । खेलको ७७औ मिनेटमा पिएसजीका अचरफ हाकिमीले तथा ८०औं मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो । यस जितसँगै शीर्षस्थानको पिएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औं स्थानमा सिमित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *