भारतमा शक्तिशाली चक्रवात, नेपालमा असर पर्छ ?

बंगालको खाडीमा विकसित ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ अघि बढिरहेको हो ।

चक्रवातले छिमेकी मुलुक भारतमा असर गर्न थालिसकेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । यसले विशेषगरी बंगलादेश र म्यानमारमा असर पारिरहेको उनको भनाई छ । भारतका चेन्नई, बैंग्लोर, भुवनेश्वरी, कोलकात्तालगायत क्षेत्रमा चक्रवातको असर देखिएको छ ।

चक्रवातले असर पारेका स्थानमा बादल बन्ने, हावाहुरी आउने र वर्षा हुन्छ । चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने मौसमविद् लामिछानेको भनाई छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *