उपेन्द्रले कसलाई पठाउलान् सरकारमा ?
२०८० वैशाख ३० गते

दश पटक मन्त्री परिषद विस्तार हुँदा पनि पुर्णता पाउन नसक्दा जनता समाजवादी पार्टीलाई दबाब परेको छ।
जसपाले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाउँदा सरकारले पूर्णता पाउन सकेको हो।
जसपाले आफ्नो भागमा परेका दुइृ मध्ये एक मात्रै मन्त्री पठाएको छ। शिक्षा मन्त्रालय लिएर अशोक राई सरकारमा सहभागी छन्।
अब वन मन्त्रालय जसपाको भागमा छ। त्यसका लागि कसलाई पठाउने भन्ने निर्णय गर्ने जिम्मा उपेन्द्रलाई दिइएको छ।
उपप्रधानमन्त्री पाए आफैं सरकारमा जान सक्ने सम्भावना भए पनि उनले सार्वजनिक रुपमै आफू सरकारमा नजाने बताउँदै आएका छन्।
यसअघि सिरहाबाट चुनाव हारेका उपेन्द्र बाराबाट उपनिर्वाचनमार्फत निर्वाचित भएका छन्।
२०८० वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








