किन सर्यो एमालेको स्थायी कमिटी बैठक ?
२०८० वैशाख २९ गते

फाइल फोटो
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । शुक्रबार नै स्थायी कमिटी बैठक बस्ने भनिएपनि प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले अब शनिबार बिहान बस्ने भएको हो ।
समूहगत छलफल बाँकी रहेकाले बैठक सारिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘बिहीबार प्रतिवेदन पेश गर्ने क्रम सकेर आज समूहगत छलफल गरेपछि स्थायी कमिटी बैठक बस्ने तयारी थियो’, उनले भने, ‘अझै प्रतिवेदन पेश गर्ने र समूहगत छलफल गर्नै बाँकी रहेकाले भोलि बिहान स्थायी कमिटी बैठक बसेर दिउँसो फेरि केन्द्रीय कमिटी बैठक बस्नेछ ।’
२०८० वैशाख २९ गते
प्रतिक्रिया








