चेन्नईले दिल्लीलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल)मा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । चेन्नाईले दिएको १६८ रनको लक्ष्य दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४० रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि रिले रोसोले ३५, मनिष पाण्डे १७ र अक्क्षर पटेलले २१ रन बनाए । चेन्नईको जितमा बलर मथिसा पथिरानाले ३ विकेट लिए । त्यस्तै दिपक चहरले दुई र रविन्द्र जडेजाले एक विकेट लिए । चेन्नईस्थित चिदम्बरम क्रिकेट स्टेडियममा चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

चेन्नईका लागि रुतुराज गैकवाड २४, अजिंके राहाने २१, शिभव् दुवेले २५, अम्बाथि राहेडू २३, रविन्द्र जडेजा २१ र कप्तान महेन्द्र सिंह धोनीले २० रन बनाए । दिल्लीका लागि बलर मिचेल मार्सले ३ विकेट हात पारे । त्यस्तै अक्क्षर पटेल २, खालिल अहमेद, ललित यादव र कुलदिप यादवले समान एक एक विकेट लिए ।

चेन्नाई १२ खेलमा ६ जित र ४ हार सहित १५ अंकका साथ दोस्रो स्थानमा रहेको छ । गुजरात टाइटन्स् १६ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *