बालकृष्ण खाँणलाई दरबारमार्ग बृत्तको हिरासत लगिने

नक्कली शरणार्थीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी बृत्त दरबारमार्गको हिरासतमा राखिने भएको छ।

उनका पूर्व निजी सचिव नरेन्द्र केसीलाई भने काठमाडौं परिसरको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

खाँण र केसी बुधबार बिहान चावहिलस्थित निवासबाट पक्राउ परेका थिए। उनीहरुलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

अदालतबाट परिसर फर्काइए पनि खाँणलाई भने अन्य थुनुवासँग नराखिने भएको छ। खाँणलाई छुट्टै राख्नकै लागि दरबारमार्ग बृत्त लगिने भएको हो।

मंगलबार पक्राउ परेका बिचौलिया रामशरण केसी र गोविन्द चौधरीलाई काठमाडौं परिसरकै हिरासतमा राखिएको छ।

यसअघि पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको छ। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप, बिचौलिया सन्देश शर्मा भने काठमाडौं परिसरकै हिरासतमा छन्।

केशव दुलाल र सानु भण्डारी प्रहरी वृत्त कालीमाटीमा छन्। हिरासतमै इन्द्रजित राईमाथी हातपात गरेपछि उनीहरुलाई सारिएको हो। टंक गुरुङ र सागर राई जनसेवा बृत्तको हिरासतमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =