राजस्थानमाथी हैदराबादको कीर्तिमानी जित

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिगमा नाटकीय रुपमा कीर्तिमानी जित हात पारेको छ।

सोमबार राति ५२ औं खेलमा राजस्थान रोयल्समाथी नाटकीय रुपमा ४ विकेटको जित हात पारेको हो।

जितको लागि २ सय १५ रनको विशाल लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्दा हैदराबादले आफ्नो आइपिएल इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा गरेको हो।

यसअघि हैदराबादले सर्वाधिक ठूलो लक्ष्य २०१९ मा राजस्थान रोयल्सविरुद्ध नै १ सय ९९ रनको लक्ष्य पूरा गरेको थियो । आइपिएल इतिहासमै सर्वाधिक ठूलो जित भने २०२० मा राजस्थानले पन्जाब किंग्सविरुद्ध २ सय २४ रनको लक्ष्य पूरा गरेको थियो ।

राजस्थान ११ खेलमा ५ मा जित र ६ मा हारका साथ १० अंकका साथ चौथो स्थानमा छ। हैदराबाद १० खेलमा ४ मा जित र ६ मा हारका साथ नवौं स्थाानमा छ । गुजरात १६ अंक जोड्दै शीर्ष स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *