सर्जरीपछि सन्दीप आज डिस्चार्ज हुने

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालबाट आज मंगलबार डिस्चार्ज हुने भएका छन्।

शरीरमा रहेका ६ वटा लाईपोमाहरूको सर्जरीका लागि उनी अस्पतान भर्ना भएका थिए।

नेपाल नेशनल अस्पतालमा सोमबार सफल शल्यक्रियापछि उनी मंगलबार नै डिस्चार्ज हुन लागेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।

क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो। तत्काल नेपालका कुनै पनि खेल नभएका कारण सन्दीपले सर्जरी गराएका हुन्।

सन्दीप आगामी खेलहरूमा नियमित रूपमा टिममा फर्किने छन्।

एक वर्षयता उनलाई दुखाइ बढेपनि उनी सर्जरीलाई पछाडी धकेल्दै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *