ढाकाकुमारले दिए सर्वोच्चमा उजुरी, आज सुनुवाइ हुने
२०८० वैशाख २५ गते

पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमी बार्गेनिङ गरेपछि कारबाहीमा परेका रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठ सांसद पदमा पुनः बहालीको माग गर्दै सर्वोच्च पुगेका छन् । उनले प्रसाईँसँग २ करोड रुपैयाँको डिल गरेको अडियो सार्वजनिक भएको थियो । ७२ घण्टाभित्रै रास्वपाले उनलाई कारबाही गरेको हो ।
तर श्रेष्ठले संसदीय कानून विपरीत आफूलाई कारबाही गरेको भन्दै पुनः बहालीको माग गरेका हुन् । श्रेष्ठको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनी सांसदबाट हटेको सूचना सभामुखले संसद्लाई जानकारी गराइसकेका छन् । उनको ठाउँमा एसिड आक्रमणमा परेकी विन्दबासिनी कंशाकरलाई सांसद बनाउने निर्णय गरेको छ ।
२०८० वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








