सनराइज बैंकको २ शाखारहित बैंक सेवा बिस्तार

काठमाडौँ । सनराइज इज बैंकले सुदूरपश्चिम प्रदेशकाे कञ्चनपुरकाे कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुरमा १०१ औँ र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औँ शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेकाे छ । १५ वैशाखमा यी शाखा सेवा सञ्चालनमा ल्याएकाे हाे ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।

सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १६२ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =