सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौँ । सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ ।

यो सुनको मूल्य अहिलेसम्मको उच्च हो । महासङ्घका अनुसार यसअघि गएको चैत २२ गते सुन तोलाको एक लाख ११ बजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासङ्घका अनुसार प्रतितोला एक हजार ४४५ पुगेको छ । यसअघि बुधबार चाँदी तोलाको एक हजार ४२५ मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =