काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल पल्टियो, दुई युवाले गुमाए ज्यान

काठमाडौँ । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भिमफेदी गाउँपालिका-६ जुरिखेतमा बागमती प्रदेश ०२-०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी पर्सौनि नगरपालिका-५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ । मृतक दुबैजनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *