काठमाडौँबाट सुर्खेत उडेको जहाज खराब मौसमका कारण नेपालगञ्जमा अवतरण

सुर्खेत । काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरेकाे छ ।

खराब मौसमका कारण सुर्खेत विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौँबाट सुर्खेतका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण गरेकाे हाे ।

बुद्ध एयर सुर्खेत विमानस्थलका अनुसार माैसममा समस्या आएपछि सुर्खेत विमानस्थलमा जहाज अवतरण गर्न नसकिने भएकोले नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *