तानसेन टुँडिखेलमा पाल्पा महोत्सव सुरु (तस्बिरहरू)

काठमाडौँ । कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रलाई चलायमान बनाउन पाल्पाको तानसेन टुँडिखेलमा पाल्पा महोत्सव सुरु भएको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि १३औं संस्करणका रुपमा सुरु भएको महोत्सवमा पाल्पा र छिमेकी जिल्लाका उत्पादनका साथै राष्ट्रिय, बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री कक्ष राखिएको छ ।

महोत्सवको उद्घाटनको दिन तानसेन बजार क्षेत्रमा विभिन्न वेशभूषामा सजिएकाहरु सांस्कृतिक झाँकी र्‍याली प्रस्तुत गर्दै बजार परिक्रामा गर्दै महोत्सवको प्रचार गरिएका थिए । बैशाख १४ गतेबाट सुरु भएको महोत्सव २४ सम्म चल्ने छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *