टियू मैदान : खेलाडीलाई हौसला, दर्शकलाई खुसी (तस्बिरहरू)

काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र युएईबीचको फाइनल खेल चलिरहेको छ । सोमबार वर्षाका कारण रोकिएको खेल आज भइरहेको हो ।

खेल हेर्न आजपनि दर्शकहरूको उल्लेख्य सहभागिता छ र उनीहरू नेपाल विजेता भनेको हेर्न व्यग्र बनेका छन् । उनीहरू नेपाली खेलाडीलाई हौसला दिइरहेका छन् भने खेलाडीले गज्जबको प्रदर्शन गरेर दर्शकलाई खुसी बनाइरहेको देखिन्छ ।

आज दर्शकका लागि मैदानमा निः शुल्क प्रवेश दिइएको छ । देशका विभिन्न ठाउँबाट सोमबार खेल हेर्न आएकाहरू आज पनि टीयू मैदान पुगेका छन् ।

अहिले नेपालले ब्याटिङ गरिरहेको छ । टस हारेर ब्याटिङ गरेको यूएईले ३३.१ ओभरमै अलआउट हुँदै नेपाललाई ११८ रनको लक्ष्य दिएको छ । विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *