नेपाललाई तेस्रो झट्का, कप्तान पौडेल आउट
२०८० वैशाख १९ गते

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ । यसैक्रममा नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् । यसअघि नेपाली ब्याट्सम्यान कुशल भुर्तेल १ र आसिफ शेख ८ रन बनाएर आउट भएका थिए । युएईका बलर रोहन मुस्तफाले दुई विकेट लिएका छन् भने आयान अफजल खानले एक विकेट लिएका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले ८.५ ओभरमा ३ विकेट गुमाएर २३ रन बनाएको छ ।
२०८० वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








