मजदुर दिवस : त्रिवि क्रिकेट मैदानका श्रमिक झरीमा रूझ्दै श्रम गर्दै (तस्बिरहरु)

काठमाडौँ । पानीले भिजिने हो कि ? ज्वरो आउने हो कि ?, चिसो लाग्ने हो कि ? मानिसको चिन्ताका विषय यस्ता पनि हुन्छन् । तर, यी सब कुराको चिन्ता छैन् त्रिवि खेल मैदानमा खटिएका मजदुरहरूलाई । उनीहरूलाई त केबल भोको पेटको चिन्ता छ । सँगै उनीहरुका बालबच्चा र आमाबुबाका पेट पनि छन्, जसलाई मजदुरीले नै पालिरहेको छ । त्यसैले पानी पर्दा घरमा बस्नु भन्दापनि मजदुरी गर्न नै रुचाउँछन् उनीहरु।

उनीहरूलाई स्वास्थ्यको भन्दा बढी चिन्ता भोकको छ । मजदुरी गर्न नपाइने पनि हो की ? भन्ने बढी चिन्ता छ । त्यसैले त पानी पर्दासमेत त्रिवि खेलमैदान बाहिर मजदुर मजदुरी गरिरहेका देखिन्छन् ।

त्यहाँ उनीहरूले खेल हेर्न आएका दर्शकका लागि चटपटे, पानीपुरी र अन्य खाद्य पदार्थ, पेय पदार्थ बेच्न राखेका छन् । पानी पर्दा छाता ओढेर, रेनकोट लगाएर, भिजेरै भए पनि मजदुरी गरिरहेका छन् । खेल हेर्न आएका दर्शकले पनि उनीहरूको सेवा उपभोग गरी साथ दिइरहेका छन् ।

आज मजदुर दिवसमा पनि उनीहरूको मजदुरी रोकिएको छैन । झरीमा होस् या चर्को घाम, गर्मी होस् कि जोडो मजुदुरवर्ग मजदुरीमै रमाउँछन् ।

हेर्नुहोस् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =