नेपाललाई छैटौँ सफलता, गुल्शनले लिए विकेट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले छैटौँ विकेट लिएको छ । नेपालका लागि गुलशन झाले १० रन बनाएर खेलिरहेका बसिल हामिदलाई बोल्ड आउट गरेका हुन् ।

यसअघि युएईका ब्याट्सम्यान रोह मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले २ विकेट लिए भने सोमपाल कामी, ललित राजबंशी र सन्दीप लामिछानेले एल/एक विकेट लिएका छन् ।

यो समाचार तयार गरुन्जेल युएईले २२.५ ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =