निर्णायक खेलमा नेपाललाई पाँचौँ सफलता

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले पाँचौं विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले २ रन बनाएर खेलिरहेका रोहण मुस्तफालाई आउट गरेका छन् ।

नेपालका लागि यसअघि करण केसीले २ तथा सोमपाल कामी र ललित राजबंशीले एल एक विकेट लिएका छन् । यसअघि युएईका ब्याट्सम्यान रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल युएईले १३.५ ओभरमा ५ विकेट गुमाएर ५२ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =