जम्मा ३५ रन जोड्दा युएईले गुमायो चौथो विकेट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले चौथो विकेट लिएको छ । नेपालका लागि ललितले १ रन बनाएर खेलिरहेका रमीज शाहजादलाई आउट गरेका हुन् ।

नेपालका लागि यसअघि करण केसीले २ र सोमपालले एक विकेट लिएका छन् । यसअघि युएईका ब्याट्सम्यान आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल युएईले ९.५ ओभरमा ४ विकेट गुमाएर ३५ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =