एसीसी प्रिमियर कप

फाइनलमा यूएईविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपाल युएईविरुद्ध फिल्डिङ गर्दैछ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।

दुवै एकदिवसीय मान्यता प्राप्त देश भएकाले फाइनल खेल एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपाल र युएईबीच अहिलेसम्म १३ वटा एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ७ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।

नेपालले आज एक परिवर्तन गरेको छ । आजको टिममा दीपेन्द्र सिंह ऐरीको ठाउँमा गुलशन झालाई खेलाइएको छ ।

नेपालको आजको प्लेइङ ११ मा पछिल्लो खेल खेलेका दीपेन्द्र सिंह ऐरीको ठाउँमा गुलशन झालाई समावेश गरिएको छ । आज कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी खेल्दै छन् ।

आजको खेल वर्षाले रोकिएमा खेल भोलि हुनेछ । फाइनल खेलका लागि एक दिन रिजर्भ डे राखिएको छ ।  फाइनल खेलको विजेता एसिया कपमा छनौट हुने छ भने समूह ए मा भारत र पाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =