एसीसी प्रिमियर कपको फाइनलमा यूएईको सामना गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज फाइनल खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने फाइनल खेलमा नेपाल र युएई भिड्दै छन् । सेमिफाइनलमा कुवेतसँगको खेल रद्द भएपछि नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो ।

त्यसअघि नेपालले समूह चरणमा तीन जित र वर्षाले प्रभावित एक खेलमा अंक बानेर समूह विजेता हुँदै सेमिफाइनल पुगेको थियो । युएईले सेमिफाइनलमा ओमानलाई डकवर्थ लुइस नियम अनुसार २ रनले पराजित गर्दै फाइनलआमा पुगेको हो । यस अघि युएई समूह बि मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो ।

दुवै एकदिवसीय मान्यता प्राप्त देश भएकाले फाइनल खेल एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने छ । नेपाल र युएईबीच अहिलेसम्म १३ वटा एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ७ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।

वर्षाको सम्भावना
पछिल्ला केहि दिनदेखि काठमाडौँमा लगातार वर्षा भइरहेकोले फाइनल खेल पनि प्रभावित हुने सम्भावना रहेको छ । यस अघि शनिबार सेमिफाइनल खेल पनि वर्षाले प्रभावित भएका थिए भने आइतबार भएको तेस्रो स्थानको खेलपनि वर्षाले प्रभावित भएको थियो ।

अब आजको खेल पनि वर्षाले प्रभावित भएमा एक दिन रिजर्भ डे राखिएको छ । आज खेल हुन नसकेमा खेल मंगलबार हुनेछ । मंगलबार पनि वर्षाले खेल हुन नसकेमा सुपर ओभर खेलाउने प्रयास गरिनेछ । तर सुपर ओभरको सम्भावना समेत नभएमा आइसिसीको एकदिवसीय वरियतामा अगाडी रहेको टिम एशिया खेल खेल्न छनौट हुनेछ ।

आइसिसीको एकदिवसीय वरियतामा नेपाल १४औं र युएई १९औं स्थानमा छन् । यदि वर्षाले खेल हुन नसक्ने अवस्था आएर खेल रद्द भएमा नेपाल एकदिवसीय वरियतामा युएईभन्दा अगाडी रहेका आधारमा एसिया कपमा छनौट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =