जनकपुरमा खुल्यो मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय

जनकपुरधाम । जनकपुरमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गरिएको छ । आइतबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोगको केन्द्रीय कार्यालय उद्घाटन गर्दै कार्यालय स्थापना गरेका हुन् ।

कार्यालय धनुषाको हुलाक कार्यालयको भवनमा राखिएको छ । गरिब तथा विपन्न सर्वसाधारणहरू मिटरब्याजी साहुको आतंकमा परेपछि पीडितहरू पैदल हिँडेर काठमाडौँ पुगी कठोर रूपमा आन्दोलन गरेपछि सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो । गठन गरिएको सोही आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ ।

मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितहरूलाई उजुरी गर्न पनि आव्हान गरिसकेको छ । पीडितहरू ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्नेछ ।

उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । जहाँ कर्मचारीले नै निवेदन फारम भराइदिने छ । आयोगले उजुरी दिन १७ वैशाखदेखि ३१ वैशाखसम्मको समय तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *