पोखराको फुस्रेखोलामा डुबेर बालकको मृत्यु

पोखरा । पोखराको फुस्रे खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर पोखरा १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको मृत्यु भएको हो ।

उनी शनिबार दिउँसो पावरहाउस नजिक पौडी खेल्न पुगेका थिए । पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका हुन् । प्रहरीले खोजी गर्ने क्रममा केही पर फेला पारेर उद्धार गरेको थियो ।

उनको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =