स्कुटरको डिकीभित्र राखेको पैसा चोरेको आरोपमा पोखराबाट युवती पक्राउ

पोखरा । स्कुटरको डिकीमा राखेको पैसा चोरेको आरोपमा पोखराबाट एक युवती पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ९ शान्तिवन बस्दै आएका २३ वर्षीया वर्षा कामीलाई पक्राउ गरेको जनाएको छ ।

उनले पृथ्वीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक अगाडी पार्किङमा रहेको सराङकोटका आत्मा बहादुर थापाको स्कुटरको डिकीमा रहेको नगद ८० हजार चोरेर भागेकी थिइन् ।

युवतीको हुलिया र सिसिटिभी फुटेजको आधारमा ती युवतीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिए । रकम चोरेर भागेकी युवती आफ्नै घरमा लुकेर बसेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =