एसिसी प्रिमियर कप

फाइनलमा पुग्न कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ । तर कुवेतदेखी भने नेपाल सजग छ ।

कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो । कुवेत पनि घरेलु टोली नेपाललाई स्तब्ध पार्दै फाइनलमा पुग्न चाहन्छ।

समूह ए मा नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले हराउँदै सेमिफाइनल स्थान बनाएको थियो । साउदी अरेवियासँगको खेल भने वर्षाको कारण रद्ध भएको थियो ।

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =