कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन् । आज कर्णाली प्रदेश सभाबाट मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत पाएका हुन् ।

४० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शर्मालाई नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसद सहित २९ जना सांसदले विश्वासको मत दिएका छन् । नेकपा एमालेका ९ र राप्रपा १ गरी कुल १० जना सांसदले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएनन् ।

पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएको मुख्यमन्त्री राजकुमार शर्माले पहिलो पटक माघ ६ गते विश्वासको मत लिएका थिए ।

सरकारमा सहभागी दल राप्रपाले समर्थन फिर्ता लिएपछि चैत १७ गते दोस्रो पटक विश्वासको मत लिएकोमा फेरी केन्द्रीय समीकरणमा आएको फेरबदल सँगै नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *