अयोग्य लडाकुलाई २ लाखका दरले दिने निर्णयपछि पोखरामा अनेरास्ववियुको विरोध

पोखरा । सरकारले ‘अयोग्य लडाकु’लाई जनही २ लाख दिने गरी कार्यविधि पास गरेको छ । उक्त कार्यविधि पास भएपछि अर्थ मन्त्रालयले डेढ अर्ब रुपैयाँ निकासा दिइसकेको छ । अयोग्य लडाकुलाई नगद दिने सरकारी कदमको विरोध सुरु भएको छ । एमाले निकट अनेरास्ववियुले पिएन क्याम्पसमा शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।

देशको अर्थतन्त्र धराशायी बनिरहेका बेला सरकारले कार्यकर्तालाई नगद बाँड्न लागेको आरोप उनीहरूको छ । ‘देशको अर्थतन्त्र टाट पल्टिएको छ । कर्मचारीले तलब खाने पैसा छैन, गठबन्धन सरकार कार्यकर्तालाई नगद बाँड्न लागेको छ,’ अनेरास्ववियुका नेता सन्तोष पोखरेलले भने, ‘अयोग्य लडाकुलाई नगद होइन, सिपमूलक शिक्षा सिकाउने प्रबन्ध गर्नुपर्दछ ।’

यो निर्णयले देशलाई टाट पल्टाउने विद्यार्थीहरूले आरोप लगाएका छन् । उनीहरूले सरकारको निर्णय तत्कालै खारेज हुनुपर्ने माग राखेका छन् । २०७४ सालमा दिने भनिएको उक्त रकम अदालतको आदेशपछि रोकिएको थियो । अदालतले नै अन्तरिम आदेश खारेज गरेपछि पुनः रकम वितरणका लागि बाटो खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =