मन्त्रालयको सङ्ख्या बढाउँदैनौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा आधारित साना उद्योग स्थापना गरी स्वरोजगार सिर्जनामा केन्द्रित हुने बताफसउ छन्।

प्रदेश प्रमुखबाट आज मुख्यमन्त्रीमा नियुक्त भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पर्यटन, जलविद्युत् र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए। मुख्यमन्त्री पाण्डेले भने, “अहिले जमिन बाँझा छन्, घर रित्ता छन्, धेरै युवा विदेश पलायन भएका छन् । हामीले विदेशिएका युवालाई सरकारको तर्फबाट सहयोग पुग्ने गरी यहीँ प्रदेशभित्र बसेर काम गर्ने र आत्मनिर्भर बन्ने गरी कृषिमा आधारित कार्यक्रम ल्याउँछौँ ।”

नवनियुक्त मुख्यमन्त्री पाण्डेले हाल कायम रहेका सात मन्त्रालयलाई यथावत राख्ने बताए। यसअघि गण्डकीमा १२ मन्त्रालय रहेकामा अघिल्लो सरकारले घटाएर मन्त्रालय सातमा झारेको थियो ।

उनले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र आफूलाई समर्थन गर्ने सबै दललाई सरकारमा समेत सामेल गर्ने बताए। उनले वर्तमान सत्ता गठबन्धन संसद्को पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताए।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेलाई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा ९माओवादी केन्द्र०का सात र स्वतन्त्र एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थन छ। यही वैशाख १२ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

यसअघि मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकार सञ्चालनको सहमति गरेका छन्। सुरुको पालोमा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो।

माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले कांग्रेस र माओवादी केन्द्रबीच प्रदेश सरकारका आधा–आधा कार्यकाल सञ्चालन गर्ने गरी केन्द्रमा सहमति भएको बताए। उनले मन्त्रालय भागबण्डालगायतका विषयमा अब छलफल सुरु हुने बताए।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्रीको शपथसँगै भोलि नै सानो आकारको मन्त्रिमण्डल गठनको तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =