नेपालको खराब ब्याटिङ, पाँचौँ विकेट गुमायो

काठमाडौँ । एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेलमा नेपालले कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले पाँचौँ विकेट गुमाएको छ । कुशल मल्ल ३ रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित पौडेल २७ रन बनाएर आउट भएका थिए भने ओपनर आशिफ सेखले १९, भीम सार्कीले ६, र कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए ।

कतारका बलर गायन मुनावीरा र ओवासिस अहमदले २-२ विकेट लिए भने इक्रामुल्लाह अहमदले  एक विकेट लिएका छन् । अहिले सोमपाल कामी र आरिफ शेख खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १८.३ ओभरमा ५ विकेट गुमाएर ७६ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *