ब्रेक फेल हुँदा जीप खस्यो, किशोरको ज्यान गयो

काठमाडौँ । गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-२ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सो जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका-९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको हो । सो दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीको भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।

उनका अनुसार मालिका गाउँपालिकाको दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि जीप हिडेको थियो । ब्रेक फेल भएर जीप दुर्घटना भएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =