समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने सोचमा नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुँदैछन् । प्रिमियर कप अन्तर्गत आज समूह चरणका अन्तिम खेलहरू हुन लागेका हुन् ।

जसमा समूह ए बाट नेपाल र कतारबीच खेल हुँदैछ । समूह ए बाट नेपाल र ओमान सेमिफाइनलमा पुगिसकेका छन् भने यस खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ । यो खेल टियु क्रिकेट मैदानमा हुँदैछ ।

घरेलु टोली नेपाल कतारलाई हराउँदै अपराजितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा खेल्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

अर्को खेल समूह बी बाट हङकङ र कुवेतवीच खेल हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने यस खेलको विजेता सेमिफाइनलमा पुग्ने छ । र यस खेलपछि नै समूह बी बाट समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ । समूह बी बाट युएई यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

अंक तालिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *