किसानका समस्या समाधानको माग गर्दै १० दिनदेखि अनसनमा एक युवा (तस्बिरहरू)

काठमाडौँ । ककनीका युवा किसान श्रीराम घिमिरे विगत १० दिनदेखि किसानका समस्या समाधानको माग गर्दै काठमाडौँको न्यूरोडस्थित भूगोलपार्कमा आमरण अनशन बसिरहेका छन् ।

उनको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको छ । सरकारले उनले उठाएका समस्या समाधानका लागि कुनै पहल गरेको छैन ।

उनको जीवनरक्षा गर्न र उनले उठाका माग तत्काल सम्बोधन गर्न अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघलगायतका किसान संघ संगठनले ऐक्यबद्धता जनाउँदै प्रर्दशनसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *