स्वर्णिम र गोविन्दबीच ६ हजारभन्दा बढी मतको फरक, तनहुँ १ मा कसको कति ?

काठमाडौँ । तनहुँ-१ मा आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् ।

वाग्लेले अहिलेसम्म १५१३५ मत प्राप्त गरेका हुन् ।

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८७३१ मत ल्याएका छन् ।

अहिले भट्टराई र वाग्लेबीचको मतान्तर ६४०४ रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ४९९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ५५ मत प्राप्त गरेकी छिन् ।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *