तनहुँ १ मा स्वर्णिम र गोविन्दबीच ५ हजारभन्दा बढी मतको फरक, कसको कति ?

२०८० वैशाख ११ गते

काठमाडौँ । तनहुँ-१ मा आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १३ हजार मत कटाएका छन् ।
वाग्लेले अहिलेसम्म १३७४९ मत प्राप्त गरेका हुन् ।
वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८०३६ मत ल्याएका छन् ।
अहिले भट्टराई र वाग्लेबीचको मतान्तर ५७१३ रहेको छ ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ४३९५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ५५ मत प्राप्त गरेकी छिन् ।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ ।

२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित