चितवन-२ को मतगणना सुरु

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।

जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार दिउँसो १ बजेदेखि गर्ने भनिएको मतगणना केही समय ढिलो भएको हो ।

मतगणना इच्छाकामना गाउँपालिका १ र ३ नम्बर वडाबाट सुरु भएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले बताए ।

यो क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार यहाँ प्रतिस्पर्धामा छन् । मंसिर ४ को निर्वाचनमा यो क्षेत्रबाट लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता विवाद भएपछि पदमुक्त भएका थिए ।

त्यो बेला८३९५६ जनाले मतदान गरेको निर्वाचनमा लामिछानेले ४९२६४ भोट पाएका थिए । उनी देशभरमै सबैभन्दा फराकिलो मतान्तरले विजय भएका थिए ।

यो पटक १ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेको यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *