चितवन २ को मतगणना दिउँसो १ बजेबाट सुरु गरिँदै

भरतपुर । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको
छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना गर्ने सहमति गरेको हो ।

खास गरी रास्वपाका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारवाहीको माग गर्दै कांग्रेस र एमालेका उम्मेदवारका प्रतिनिधिले मतगणना रोकेका थिए ।

कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभावि लेख्नेलाई कारवाहीका लागि प्रहरीलाई आग्रह गर्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति सहित मतगणनाका लागि सत्ता गठबन्धन र एमाले उम्मेदवार राजी भएका हुन् ।

चितवन २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ, नेकपा एमालेका उम्मेदवार रवि लामिछाने र रास्वपाका उम्मेदवार रवि लामिछानेबीच प्रमुख प्रतिस्पर्धा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *