तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै

काठमाडौँ । तनहुँ-१ मा आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार मत कटाएका छन् ।

वाग्लेले अहिलेसम्म ११६७७ मत प्राप्त गरेका हुन् ।

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६७८७ मत ल्याएका छन् । यसअघि दोब्बर मतले पछाडि रहेका भट्टराईले पछिल्लो पटक भने वाग्लेसँगको मतान्तर घटाएका छन् । अहिले उनी र वाग्लेबीचको मतान्तर ४८९० रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ३८०३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ५३ मत प्राप्त गरेकी छिन् ।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *