एसिसी प्रिमियर कप : साउदीमाथि जित निकाल्दै सेमिफाइनलमा पुग्ने सोचमा नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुने छन् । आज समूह ए अन्तर्गत नेपालले साउदी अरेबियाको सामना गर्ने छ । यो खेल मुलपानी क्रिकेट मैदानमा हुने छ । नेपालले मुलपानी क्रिकेट मैदानमा पहिलो पटक खेल्न लागेको छ ।

नेपालले यस प्रतियोगितामा खेलेका यसअघिका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । नेपाल पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । त्यस्तै साउदी अरेबियाले भने यसअघि खेलेका दुई खेल मध्ये एकमा जित र एकमा हार बेहोरेको छ । साउदी अरेबियाले कतारलाई पराजित गरेको थियो भने मलेसियासँग हार बेहोरेको थियो ।

त्यस्तै आज टियु क्रिकेट मैदानमा समूह बि अन्तर्गत बहराइन र हङकङबीच खेल हुने छ । हङकङले यसअघि खेलेका दुवै खेल जितेको छ । हङकङले युएई र सिंगापुरलाई पराजित गरेको थियो । त्यस्तै बहराइनले भने एक जित र एक हार बेहोरेको छ । बहराइनले सिंगापुरलाई पराजित गरेको थियो भने कुवेतसँग हार बेहोरेको थियो । दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने छन् ।

१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =